न्यूयोर्कमा महिलालाई ज्यूँदो जलाउने व्यक्ति अवैध आप्रवासी भएको खुलासा
वासिङ्टन डिसी । अमेरिकाको न्यूयोर्कमा सबवे ट्रेनमा एक महिलालाई जिउँदै जलाउने कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्ति अवैध आप्रवासी भएको खुलासा भएको छ । ती व्यक्तिलाई पहिला नै अमेरिकाले डिपोर्ट गरेको तर उनी फेरि अवैध रूपमा अमेरिका छिरेको छानबिनको क्रममा पत्ता लागेको समाचारमा उल्लेख छ ।
आरोपी हुन्, ग्वाटेमालाका सेबास्टियन जेप्टा । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो । कोनी आइल्याण्ड र स्टिलवेल एभिन्यूको बीचमा चलिरहेको सबवे ट्रेनमा सो घटना भएको भने उक्त घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
सन् २०१८ मा अमेरिकाको एरिजोनामा अवैध रूपमा छिर्न लागेको अवस्थामा सीमा प्रहरीले जेप्टालाई पक्राउ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनलाई अमेरिकाबाट डिपोर्ट गरिएको थियो । तर उनी पछि अमेरिका पसे । उनी कसरी र कहिले अमेरिका छिरे भन्ने थाहा हुन सकेको छैन ।
- लाइटरले लगाएको आरोप
जेप्तामाथि मृतक महिलाको लुगामा लाइटरले आगो लगाएको आरोप छ । स्टेशनमा सुतिरहेकी महिलाले ओढेको ब्ल्याङ्केटमा उनले लाइटरले आगो लगाएका थिए । आगो जिउभरि सल्किएपछि केही समयमै महिलाको जलेर मृत्यु भएको थियो । प्रहरी अधिकारीहरूले यसलाई मानवले मानव विरुद्ध गर्न सक्ने सबैभन्दा घृणित अपराध भनेका छन् ।
घटनाको केही घण्टापछि जेप्टा पक्राउ परेका थिए । जेप्टाको गोजीबाट लाइटर बरामद भएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण