महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको लालबन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौँ र रोटर्याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना “परियोजना न्यानो “ अन्तर्गत पौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी बैंकको राजापुर शाखाले अमर शहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।
यस्तै राजदेवी साङ्गितिक समूह, कलैया बाराले कलैया उ.म.न.पा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउन्ड सिस्टम, मिठाई लगायतका सामाग्रीहरू खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहा विभेद घटना : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
-
आखेटोपहार सहित युवक पक्राउ
-
१० बजे १० समाचार : भोलि प्रमुख तीन दलको बैठक, पूर्वराजालाई देउवाको सुझाव
-
कांग्रेसले घटायो वडाध्यक्षले बुझाउनु पर्ने लेबी
-
भन्सार छलेको १९ थान आईफोन सहित न्यूरोडबाट युवक पक्राउ
-
आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट