बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एन्जेलिना जोलीदेखि लिया सेडोक्ससम्मले यौन उत्पीडनको आरोप लगाएका हार्वीले आज आत्मसमर्पण गर्दै !

शुक्रबार, ११ जेठ २०७५, १० : ५६
शुक्रबार, ११ जेठ २०७५

हलिउडका चर्चित निर्माता हार्वी वाइस्टीनले यौन दुर्व्यवहारको विभिन्न मामलामा आज न्यूयोर्क पुलिसलाई आत्मसमर्पण गर्ने सम्भावना रहेको अमेरिकी मिडियाले जानकारी दिएको छ ।

रिपोर्टका अनुसार एजेन्सीको अनुसन्धानपछि शुक्रबार उनलाई पक्राउ गर्ने सम्भावना छ ।

वाइनस्टिन विरुद्ध थुप्रै महिलाले यौन उत्पीडनदेखि बलात्कारसम्मको आरोप लगाएका छन् । यद्यपी, हार्वीले कसैसँग पनि सहमती बिना यौन सम्बन्ध स्थापित नगरेको बताउने गरेका छन् ।

हार्वीमाथि आरोप लगाएपछि संसारभरी ३ःभत्यय आन्दोलनको सुरुवात भएको थियो जसमा यौन उत्पीडन विरुद्ध प्रदर्शन भएको थियो ।

उक्त अभियानको क्रममा मनोरञ्जन जगतसँग जोडिएका विभिन्न हस्तीमाथि आरोप लागको छ । बिहिबार हलिउड स्टार मोर्गन फ्रिम्यानले पनि यौन शोषण्को आरोपपछि माफी मागेका छन् ।

थुप्रै आरोपः

उनका वकिल, बेन्जामिन ब्राफम्यानले हार्वीले आत्मसमर्पणबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

गत वर्ष नोभेम्बरमा न्यूयोर्क पुलिसले अभिनेत्री पाज डे ला वारटाले हार्वीमाथि लगाएको बलात्कारको आरोपमाथि अनुसन्धान भइरहेको बताएका थिए ।

त्यसपछि वाइनस्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाउनेहरुको संख्या लगातार बढ्दै गयो । एन्जेलिना जोली, ग्वानिथ पाल्ट्रोसमेत हलिउडका थुप्रै अभिनेत्रीले वाइस्टीनमाथि यौन उत्पीडनको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप