एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा
काठमाडौँ । सहकारी संस्थाको स्तर अनुसार सरकारले कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ । सरकारले सहकारीको नियमनका लागि ल्याएको विशिष्टीकृत संस्था (एसटीआई) सम्बन्धित अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो ।
यस अनुसार राष्ट्रिय स्तर (एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको) बचत तथा ऋण सहकारी संस्थाले प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउनेछ ।
त्यस्तै, एकै प्रदेशमा एकभन्दा धेरै जिल्ला कार्यक्षेत्र भएका सहकारी संस्थाले २५ प्रतिव्यक्ति लाख रूपैयाँसम्म मात्रै बचत गर्नसक्ने व्यवस्था गरिएको छ ।
एक जिल्लाभित्र मात्रै कार्यक्षेत्र भएको बचत तथा ऋण सहकारी संस्थाले भने प्रतिव्यक्ति १० लाख रुपैयाँभन्दा धेरैको बचतको सीमा निर्धारण गरिएको छ ।
अहिले कुनै व्यक्तिको बचत तथा ऋण त्योभन्दा धेरै भएमा दुई वर्षभित्र तोकिएको सीमामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, प्राथमिक पुँजीकोषको तुलनामा १५ गुणा भन्दा धेरैको ऋण प्रवाह गर्न नपाउने व्यवस्था समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण