एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा

काठमाडौँ । सहकारी संस्थाको स्तर अनुसार सरकारले कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ । सरकारले सहकारीको नियमनका लागि ल्याएको विशिष्टीकृत संस्था (एसटीआई) सम्बन्धित अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो ।
यस अनुसार राष्ट्रिय स्तर (एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको) बचत तथा ऋण सहकारी संस्थाले प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउनेछ ।
त्यस्तै, एकै प्रदेशमा एकभन्दा धेरै जिल्ला कार्यक्षेत्र भएका सहकारी संस्थाले २५ प्रतिव्यक्ति लाख रूपैयाँसम्म मात्रै बचत गर्नसक्ने व्यवस्था गरिएको छ ।
एक जिल्लाभित्र मात्रै कार्यक्षेत्र भएको बचत तथा ऋण सहकारी संस्थाले भने प्रतिव्यक्ति १० लाख रुपैयाँभन्दा धेरैको बचतको सीमा निर्धारण गरिएको छ ।
अहिले कुनै व्यक्तिको बचत तथा ऋण त्योभन्दा धेरै भएमा दुई वर्षभित्र तोकिएको सीमामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, प्राथमिक पुँजीकोषको तुलनामा १५ गुणा भन्दा धेरैको ऋण प्रवाह गर्न नपाउने व्यवस्था समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवको प्रश्न : आयोग बनाउने भत्काउने किन गरिराखेको ?
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
इजरायल–इरान युद्धबिच नेपालीको सुरक्षामा के गर्दै छ सरकार ?
-
अपराध अनुसन्धान गर्न सीसीटीभीसहित ‘स्मार्ट भ्यान’को प्रयोग
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान