श्रीमतीको स्ट्याचु देखेर अजय देवगनले भने, ‘चुप लागेर बस्ने काजोललाई भेट्नुहोस्’ काजोलको यस्तो जवाफ
सेलिब्रिटीको वाक्स स्ट्याचुका लागि चर्चित मेडम तुसाद म्यूजियम सिंगापुरमा काजोलको वाक्स स्ट्याचु लञ्च गरिएको छ । बिहिबार काजोल आफ्नो स्ट्याचुलाई हेर्नका लागि सासु विना देवगन र छोरी न्यासासँग सिंगापुर पुगिन् । उक्त मौकामा काजोल र न्यासा दुबै नै स्ट्याचुसँग पोज दिइरहेको देख्न सकिन्छ । आमा–छोरीको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा न्यासाले दुबैलाई हेरेर ‘स्ट्याचु’ भन्दा काजोल ‘फ्रिज’ हुन्छिन् ।
यता अजय देवगनले उक्त भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेख्छन्, ‘मीट द साइलेन्ट काजोल (चुप लागेर बस्ने काजोललाई भेट्नुहोस्)’ जसमा काजोलले जवाफ दिएकी छिन्, ‘मलाई घर आउन देउ’
म्याडम तुसाद म्युजियम सिंगापुरको समूह जनवरीमा भारत गएको थियो । त्यतिबेला समूहका सदस्यले काजोलको २ सय भन्दा बढि नाप लिएको थियो । पूरा शरिरको नाप लिन चार घण्टाभन्दा बढि समय लागेको जानकारीमा उल्लेख छ ।





Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण