अहिले पनि क्रान्ति मरेको छैन : ओम शर्मा
बिहीबार, ११ पुस २०८१, १४ : २७
काठमाडौँ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालका प्रमुख तथा नेकपा माओवादी केन्द्रका नेता ओम शर्माले नेपालमा अहिले पनि क्रान्ति नमरेको बताएका छन् । अध्ययन केन्द्रले १३२ औँ माओ दिवसको अवसरमा बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा बोल्दै शर्माले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माको पछिल्लो कामबाट केही सन्देश दिएको जिकिर गरे ।
‘अहिले पनि क्रान्ति मरेको छैन । भूकम्पको बेला जनार्दन शर्माले रुकुमको बस्तीमा पुगेर हम्बर चलाए । विप्लवले देशभरि उत्पादनको काममा लागे । आज यी दुई युवाहरूले गरेको कामले केहि सन्देश दिएको छ । उमेरले प्रौढ भए पनि उहाँका विचारहरू प्रौढ छैनन् । उहाँहरूको कामले अहिले पनि क्रान्ति मरेको छैन भन्ने नयाँ सन्देश दिएको छ’, उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण