अहिले पनि क्रान्ति मरेको छैन : ओम शर्मा
बिहीबार, ११ पुस २०८१, १४ : २७

काठमाडौँ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालका प्रमुख तथा नेकपा माओवादी केन्द्रका नेता ओम शर्माले नेपालमा अहिले पनि क्रान्ति नमरेको बताएका छन् । अध्ययन केन्द्रले १३२ औँ माओ दिवसको अवसरमा बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा बोल्दै शर्माले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माको पछिल्लो कामबाट केही सन्देश दिएको जिकिर गरे ।
‘अहिले पनि क्रान्ति मरेको छैन । भूकम्पको बेला जनार्दन शर्माले रुकुमको बस्तीमा पुगेर हम्बर चलाए । विप्लवले देशभरि उत्पादनको काममा लागे । आज यी दुई युवाहरूले गरेको कामले केहि सन्देश दिएको छ । उमेरले प्रौढ भए पनि उहाँका विचारहरू प्रौढ छैनन् । उहाँहरूको कामले अहिले पनि क्रान्ति मरेको छैन भन्ने नयाँ सन्देश दिएको छ’, उनले भने