५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
बिहीबार, ११ पुस २०८१, १५ : ३४
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा करिब ५ अर्ब बराबरको गलैँचा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँको २ लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको हो ।
गत वर्षको यसै अवधिमा साढे ४ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात भएको थियो । सबैभन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैँचा निर्यात भएको छ । चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेल्जियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
दुबई, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रिया, ब्राजिल, लाट्भिया, मालदिभ्स्लगायत ५० भन्दा बढी मुलुकमा गलैँचा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण