इटालीमा रक्सी नभएको वाइन उत्पादनका लागि अनुमति
रोम । इटालीको सरकारले अल्कोहल निकै कम भएको वा हुँदै नभएको वाइनको उत्पादनलाई अनुमति दिएको छ । तर यसको लेबलमा भने ‘वाइन’ शब्दलाई राखिनेछ । सोमबार कृषि मन्त्रालयले उक्त अध्यादेश पारित गरेसँगै अल्कोहल–फ्री वाइनको उत्पादनलाई कानुनी मान्यता दिने दुई वर्ष देखिको प्रक्रिया अन्त्य भएको छ ।
यसअघि इटालीको नियममा वाइनको लेबलमा कम्तीमा साढे ८ प्रतिशत रक्सी हुनुपर्थ्यो । वाइन उत्पादन गरिरहेका अन्य शीर्ष देशहरूमा जस्तो इटालीको यो वाइन ‘वाइन अफ प्रोटेक्टेड डिनोमिनेशन अफ ओरिजिन’ (पीडीओ) मा पर्ने छैन । इटलीको बजारमा सन् २०२५ मा यो वाइन आउने आशा गरिएको छ ।
सरकारको यो कदमले तीव्र गतिमा बढिरहेको इटालीको वाइन उद्योग थप बढ्ने आशा गरिएको छ । इटलीले गएको वर्ष ४ करोड ३९ लाख हेक्टोलिटर परम्परागत वाइन उत्पादन गरेको थियो । आगामी दशकसम्ममा विश्वमा अल्कोहल निकै कम भएको वा हुँदै नभएको वाइनको बजार १० प्रतिशतभन्दा धेरै बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण