कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गरे गोली प्रहार
शुक्रबार, १२ पुस २०८१, १९ : १४
काठमाडौँ । कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते भएका छन् ।
न्यौपानेको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले रातोपाटीलाई बताए । न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको कार्कीले बताए । जवान न्यौपाने जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण