शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति यादवले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे । उनले समाजका सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।
शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उपराष्ट्रपति यादवले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण