पार्टी अभियानलाई प्रभावकारी बनाउन उपेन्द्र यादव लुम्बिनीमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन् । पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
अध्यक्ष यादवले मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन् । जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगन्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपालसँग, आधारभूत सङ्गठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।
अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
अध्यक्ष यादवले सोमबार नवलपरासी जिल्ला समितिद्वारा सङ्गठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण