राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
मङ्गलबार, १६ पुस २०८१, १० : ३७
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । आगामी पुस १९ र २० गते काठमाडौँमा बस्नेगरी बैठक बोलाइएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ। बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।
यस्तै स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण