राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
मङ्गलबार, १६ पुस २०८१, १० : ३७

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । आगामी पुस १९ र २० गते काठमाडौँमा बस्नेगरी बैठक बोलाइएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ। बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।
यस्तै स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?