उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनीत
मङ्गलबार, १६ पुस २०८१, १२ : २४
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्य मनोनयन गरेका हुन् ।
चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ, सिताराम परियार‚ शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण