उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनीत
मङ्गलबार, १६ पुस २०८१, १२ : २४

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विभागमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्य मनोनयन गरेका हुन् ।
चिनकाजी श्रेष्ठ प्रमुख रहेको विभागमा खगेश्वर बोहरा, मीनबहादुर भण्डारी, ध्रुव खड्का, जमसेर अलि मियाँ, सिताराम परियार‚ शम्भुहरि बास्तोला, सञ्जीव घिमिरे, जुनु गुरुङ, ई. विजयकुमार सिंह र राजीव श्रेष्ठ मनोनीत भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर