यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको मुख्य सन्देश भनेको राजसंस्था र प्रजातान्त्रिक शक्तिबिच एकता र सहकार्य भएको बताएका छन् ।
वीपीको जन्मजयन्तिको अवसरमा नेपाली काङ्ग्रेस (वीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको समेत स्पष्ट पारे ।
थापाले थपे -'यो यथार्थलाई बङ्गाएर गणतन्त्रको दुहाई दिनु बिपी कोइरालाको अपमान हो।' अहिलेको विषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र बिचार एवं परम्परागत शक्ति र बिचार बिचको सामञ्जस्ययता राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए । थापाले थपे -'यो लक्ष्य प्राप्तिका निम्ति राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरू एकताको निम्ति आह्वान गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण