जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।
एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको छ । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको सो पार्टीले अभियानसँगै सङ्गठन विस्तारलाई जोड दिने बताएको छ ।
‘मंगलबारको बैठकमा अभियानको तयारी कसरी गर्ने भनेर छलफल भएको हो’, उपमहासचिव रामकुमार भट्टराईले भने,‘माघमा देशभर जागरण अभियान चलाउने भन्ने छलफल भएको छ । त्यसको कार्यक्रम र रूपरेखाबारे अर्को बैठक बसेर निर्णयमा पुगिन्छ ।’
अभियानका क्रममा जनतामा जाँदा पार्टीले स्वदेशी उद्योग प्रवर्द्धन ,महँगी एवं भ्रष्टाचार नियन्त्रण गरी रोजगारी र सुशासनलगायतका विषय अघि सार्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण