युवराजले ल्याए ‘सिरफूले माया’

काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीत ‘सिरफूले माया’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा तयार गीतले प्रेमकथा ब्यक्त गर्छ ।
राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा युवराजलाई गायिका अनुष्का पाठकले स्वरमा साथ दिएकी छन् । गीतको एरेन्ज कमल सौरागले गरेका हुन् ।
सान थापा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिल थापा र अनुष्काले अभिनय छ । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । लोक र आधुनिक शैलीमा आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए ।
चौलागाईं आधुनिक र फिल्मको पाश्र्व गायनबाट बढी चिनिएका गायक हुन् । ‘सिरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उनको बिस्वस रहेको छ । उनकै युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको यो गीत ग्रामीण परिवेशको लय मन पराउने दर्शकलाई रुचिकर हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
-
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’