युवराजले ल्याए ‘सिरफूले माया’
काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीत ‘सिरफूले माया’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा तयार गीतले प्रेमकथा ब्यक्त गर्छ ।
राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा युवराजलाई गायिका अनुष्का पाठकले स्वरमा साथ दिएकी छन् । गीतको एरेन्ज कमल सौरागले गरेका हुन् ।
सान थापा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिल थापा र अनुष्काले अभिनय छ । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । लोक र आधुनिक शैलीमा आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए ।
चौलागाईं आधुनिक र फिल्मको पाश्र्व गायनबाट बढी चिनिएका गायक हुन् । ‘सिरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उनको बिस्वस रहेको छ । उनकै युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको यो गीत ग्रामीण परिवेशको लय मन पराउने दर्शकलाई रुचिकर हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण