चर्चित युट्युबर मिस्टर विष्टले गरे इन्गेजमेन्ट
शुक्रबार, १९ पुस २०८१, १० : ३१
वासिङ्टन डिसी । चर्चित अमेरिकन युट्युबर मिस्टर विष्टले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । हालै विष्टले क्रिसमसको एउटा तस्बिर शेयर गरेका छन् । यसमा उनी आफ्नी प्रेमिका थिया बोयसेनलाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन् ।
२६ वर्षका बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । युट्यूबमा झन्डै ३४ करोड सब्सक्राइबर भएका उनी विश्वकै चर्चित युट्युबर मध्ये एक हुन् ।
मिस्टर बिस्ट विश्वका धेरै देशहरूमा बालबालिका र युवाहरूमाझ निकै लोकप्रिय छन् । मिस्टर विष्टका इन्स्टाग्राममा ६ करोड ४० लाख र एक्समा ३ करोड १ लाख फलोअर्स छन् । दक्षिण अफ्रिकाकी थिया पनि इन्फ्लुएन्सर हुन् । उनले थियाविष्टी नामबाट एउटा युट्युब च्यानल खोलेकी छिन् । यसमा करिब ४० हजार सब्सक्राइबर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण