प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित !
शुक्रबार, १९ पुस २०८१, १९ : ३५
काठमाडौँ । लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले प्रशासन समूहको शाखा अधिकृत परीक्षा नलिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा आदेश दिएको हो ।
न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएको छ ।
प्रेमराज निरौलासहितले रिक्त भएका सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएको र सो कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अग्राधिकार समेत प्रदान गरेको छ ।
लोकसेवा आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण