६ महिनामा काठमाडौँबाट साढे १५ सय फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।
फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौँ प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ । विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ ।
प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार भएका व्यक्ति लुकीछिपी बसिरहेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
-
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म
-
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?