केन्द्रीय कमिटी बैठक
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)
आइतबार, २१ पुस २०८१, १४ : ००

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा बैठक सुरु भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकको सुरुमा अध्यक्ष प्रचण्ड समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।
त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका रहेको छ । पुस २४ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, साङ्गठनिक संरचनाबारे छलफल र बहस हुनेछ । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै