लगातार तेस्रो दिन ताइवानको सीमामा घुस्यो चिनियाँ जहाज
ताइपेई । चिनियाँ विमान र जहाजहरू आफ्नो सीमाभित्र छिरेको ताइवानले बताएको छ । पीपुल्स लिबरेशन आर्मी (पीएलए)को सात वटा विमान र पीएलए नौसेना (पीएलएएन)को सात वटा जहाज आफ्नो क्षेत्रमा छिरेको ताइवानको रक्षा मन्त्रालय (एमएनडी)ले बताएको हो ।
योसँगै लगातार तेस्रो दिन चिनियाँ जहाज र विमान ताइवानको भूभागमा छिरेको छ । ६ वटा चिनियाँ विमान ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर ताइवानको दक्षिण पश्चिमी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड)मा प्रवेश गरेको बताइएको छ ।
बिहान ६ बजे ताइवान आसपासको क्षेत्रमा पीएलएको सात विमान, पीएलएएनको ७ जहाज र उटा आधिकारिक जहाज देखिएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा मन्त्रालयले भनेको थियो ।
यस अघि आइतबार र शनिबार पनि चिनियाँ विमान र जहाजले ताइवानी सीमा मिचेका थिए । चीनले पछिल्लो समय ताइवान आसपास बृहत् स्तरमा युद्ध अभ्यास गरिरहेको छ ।
यसलाई ताइवानलाई चिनियाँ चेतावनीका रूपमा हेरिएको छ । यसको जवाफमा ताइवानले पनि रणनीतिक स्थानमा युद्धको तैयारीको अभ्यास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण