केपी ओलीजी फासिष्ट बन्नेमै हुनुहुन्छ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वर्तमान सत्ताको फासिष्ट र सडकको अराजकता विरुद्ध उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
पार्टी निर्वाचन आयोगका पदाधिकारीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो अपिल गरेका हुन् । उनले वाम आन्दोलन संकटमा परेकोमा चिन्ता प्रकट गरेका छन् ।
‘अहिले वाम आन्दोलन संकटमा छ । यसको अर्थ हामी संकटमा छौँ । वर्तमान संटक टार्न सक्यौँ भने मात्रै राष्ट्रको संकट टर्छ । यसका निम्ति हामी नयाँ ढंगले जानुपर्ने हुन्छ । जो ऐतिहासिक सन्दर्भको हुनुपर्छ’, महासचिव भुसालको भनाइ छ ।
महासचिव भुसालले राष्ट्रिय राजनीतिमा पार्टीले कसरी र कस्तो भूमिका खेल्ने भन्नेबारेमा हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले योजनाहरू अघि सारिसकेको स्मरण गराउँदै जनताको बिचमा जाने र आन्दोलनद्वारा पार्टी निर्माण गरेको खण्डमा मात्रै वर्तमान जडता चिर्न सकिने बताए ।
महासचिव भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ठुलो संकटका बिच अघि बढिरहेको जिकिर समेत गरे ।
‘अहिले ओलीजी ठुलो संटकमा हुनुहुन्छ । जो संकट उहाँ आफैले सिर्जना गर्नुभएको हो। वर्तमान गठबन्धन सत्ता लेनदेन मात्रै हो। अहिले ओलीजी फासिस्ट बन्नेमै हुनुहुन्छ । अझैँ फासिस्ट बन्दै जाने देखिन्छ’, भुसालको भनाइ छ ।
भुसालले यस्तोबेला पार्टी खुट्टा टेक्नेगरी सडकमा उभिनुपर्ने भन्दै सत्ताको फासिष्ट र सडकको अराजकताको विरुद्धमा उभिनुपर्नेमा जोड दिए । ‘राजनीतिक अभियान सुरु गर्नुपर्छ । त्यसको निम्ति पार्टीका सबै संरचनाले काम गर्नुपर्छ। पपुलिजमले लोकतन्त्रलाई हानि गर्न । हुँदाहुँदै भीम रावलले दोस्रो जनआन्दोलनमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता एजेण्डा थिएन भन्नेमा पुग्नुभएछ। यो निक्कै डरलाग्दो विषय हो। यो सामान्य कुरा होइन’, भुसालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण