‘सत्ता हस्तान्तरण मुस्किल बनाउन हर सम्भव प्रयास गर्दै छन् बाइडेन’
वाशिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिँदैछन् । यसैबिच बाहिरिन लागेका राष्ट्रपति जो बाइडेनले एक पछि अर्को गर्दै अनेक फैसला गरिरहेका छन् । यस्तोमा ट्रम्पले बाइडेनमाथि गम्भीर आरोप लगाएका छन् ।
बाइडेनले सत्ता हस्तान्तरणलाई कठिन बनाउने प्रयास गरिरहेको ट्रम्पको भनाइ छ । हालैका दिनहरूमा जलवायु र अन्य प्रशासनिक मुद्दाहरूमा बाइडेनको कार्यकारी आदेशको उदाहरण दिँदै उनले यो आरोप लगाएका हुन् ।
जनवरी २० मा ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा शपथ लिनेछन् । यसपछि उनले अमेरिकी राष्ट्रपतिको सरकारी निवास र कार्यालय ‘व्हाइट हाउस’मा बाइडेनको ठाउँ लिनेछन् । ‘बाइडेनले सत्ता हस्तान्तरणलाई कठिन बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।’
आफ्नो सामाजिक सञ्जाल मञ्च ‘टुथ सोसल’ ट्रम्पले लेखेका छन् । बाइडेनले यसअघि बाहिरिँदै गरेका कुनै पनि राष्ट्रपतिले नलिएका निर्णयहरू लिइरहेको पनि बताए । ग्रीन न्यू स्क्यामलाई उने पैसा बर्बाद गर्ने र हास्यास्पद कार्यकारी आदेशको उदाहरण बताएका छन् ।
यी सबै आदेश छिट्टै समाप्त हुने असन सामान्य बुद्धि र बल भएको देश बन्ने पनि उनले बताए । अमेरिकी कंग्रेसले ट्रम्पको विजयको पुष्टि गर्नु अघि र बाइडेनले अमेरिकाको अधिकांश तटवर्ती क्षेत्रमा तेल र प्राकृतिक ग्यासको ड्रिलिङमा प्रतिबन्ध लगाउने आदेश दिएपछि ट्रम्पको यो पोस्ट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण