स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट
वाशिङटन डीसी । स्पाइडर म्यानका को–स्टार टम हल्यान्ड र जेन्डेयाले इन्गेजमेन्ट गरेका छन् । सोमबार दुवैले आफूहरूले इन्गेजमेन्ट गरेको खबरको पुष्टि गरेका हुन् । गोल्डन ग्लोब्सको रेड कार्पेटमा जेन्डेयाले हिराको ठुलो औँठी लगाएर आएकी थिइन् ।
अभिनेत्रीको औँलामा उक्त औँठी देखेपछि फ्यानहरूमाझ उनले इन्गेजमेन्ट गरेको अफवाह चर्किएको थियो । सोको एक दिनपछि यो खबरको पुष्टि भएको हो ।
गोल्डन ग्लोब्स आइतबार राति भएको थियो । समारोहमा सहभागी हुने क्रममा जेन्डेयाले खिचाएकी तस्बिर र भिडियोहरू इन्टरनेटमा भाइरल बनेको थियो । ती तस्बिर र भिडियोमा अभिनेत्रीले अभिनेता हल्यान्डसँग सुटुक्क इन्गेजमेन्ट गरेको कमेन्टहरू आएका थिए ।
केहीले भने अभिनेत्री बुल्गारीलगायत लक्जरी ब्रान्डको दूत बनेको हुन सक्ने अड्कल गरेका थिए । हल्यान्ड र जेन्डेयाको भेट सन् २०१६ मा ‘स्पाइडर म्यानः होमकमिङ’को सेटमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण