बलिउड अभिनेत्री पूनम ढिल्लोंको घरमा चोरी, एक जना पक्राउ
मुम्बई । बलिउड अभिनेत्री पूनम ढिल्लोंको घरमा चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अभिनेत्री ढिल्लोंको घरमा चोरीको आरोपमा समीर अन्सारी पक्राउ परेका हुन् ।
मुम्बईको खारस्थित घरमा चोरी भएको बताइएको छ । ढिल्लोंको घरबाट एक लखा रुपैयाँको नेकलेस र नगद ३५ हजार रुपैयाँका साथै केही अमेरिकी डलर चोरी भएको थियो । पक्राउ परेका अन्सारी सोही घरमा २८ डिसेम्बरदेखि ५ जनवरीसम्म पेन्टिङको काममा संलग्न रहेको प्रहरीले जनाएको छ ।
सोही क्रममा अन्सारीले चोरी गरेको बताइएको छ । पूनम ढिल्लों प्रायः जुहूस्थित घरमा बस्छिन् । खारमा रहेको घरमा भने उनको छोरा अनमोल बस्दै आएका थिए । बेलाबखत पूनम उक्त घरमा बस्ने गरेकी थिइन् ।
घरमा चोरी हुँदा अनमोल भने दुबईमा थिए । दुबईबाट फर्किएरपछि घरबाट केही सामान गायब भएको पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।
आरोपित अन्सारीले चोरी गरेको नगदबाट केही रकम खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पूनम ७० र ८० को दशकमा निकै चर्चित अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण