समाचार
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
घटना शङ्कास्पद
बुधबार, २४ पुस २०८१, १६ : २८
सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको पाइएको छ । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए ।
उनका अनुसार घटना बुधबार बिहानको हो । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलिनसकेको उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको क्षेत्रीले बताए ।
‘घटना शङ्कास्पद नै छ, नजिकको प्रहरी गएर घटनास्थल सुरक्षित राखिरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले म पनि जाँदै छु, बाटोमा छु ।’ अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण