शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका बनाइरहेको मन्त्रालयले यही महिनाभित्रमा अनुगमन समेत थाल्ने जनाएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले त्यस्ता कलेजहरूको यही महिनाभित्रमा अनुगमन थालिने बताइन । हाल विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर ५९ वटा कलेजहरू सञ्चालनमा छन् । ती मध्ये १४ वटा कलेजले मात्रै तोकेको मापदण्ड पुरा गरेको मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनले औँल्याएको थियो ।
मापदण्ड पुरा नगरेका कलेजहरूलाई मापदण्ड पुरा गर्नका लागि निश्चित समय दिन समेत कार्यदलले सुझाव दिएको थियो । कार्यदलले दिएको सुझावका आधारमा निर्देशिका बनाउने काम भइरहेको र माघको पहिलो हप्ताभित्रमा निर्देशिका बन्ने मन्त्री भट्टराईले बताइन् ।
निर्देशिका अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री भट्टराईले मागको पहिला हप्तामा निर्देशिका आउने र त्यसले नियमन गर्न सजिलो हुने बताइन् ।
तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ती कलेजहरूबारे अध्ययन गर्न कार्यदल बनाएकी थिइन । पूर्व सचिव शंकर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले विभिन्न खालका सुझावहरू दिएको थियो ।
त्यसपछि वर्तमान शिक्षामन्त्री भट्टराईले प्रतिवेदनमा केही अस्पष्टता देखिएको भन्दै त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका डीन प्राडा विनिल अर्यालको संयोजकत्वमा विज्ञ कार्यदल गठन गरेकी थिइन । उक्त कार्यदलले समेत आवश्यक ऐन कानुन बनाएर नियमन गर्नुपर्ने सुझाव पेस गरेको थियो । सोही आधारमा मन्त्रालयले निर्देशिका बनाउन लागेको हो ।
हाल ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ को भरमा सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण