शिक्षकलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्य अघि बढाएको छ । निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन् । तर, शिक्षकहरू भने त्यो सुविधाबाट वञ्चित छन् ।
शिक्षा मन्त्रालयले निजामती कर्मचारी सरह शिक्षकहरूलाई समेत स्वास्थ्य उपचारमा छुट दिलाउने गरी गृहकार्य अघि बढाएको हो ।
त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राय सुझावका लागि फाइल पेस गरिएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् । करिब एक महिना अघि शिक्षा मन्त्रालयले राय सुझावसहितको मागका लागि पत्राचार गरेको थियो ।
‘शिक्षकहरूलाई उपचारमा छुट दिनुपर्छ भनेका छौँ । जसरी निजामती कर्मचारीलाई उपचारमा छुट दिइन्छ, त्यसरी नै शिक्षकहरूलाई छुट दिनुपर्छ भनेका थियौँ । स्वास्थ्य मन्त्रालयले त्यही आधारमा राय दिने भनेका छन् । स्वास्थ्य मन्त्रालयको राय आएपछि त्यही अनुसार अर्थ मन्त्रालयमा पठाउँछौँ । यो प्रक्रिया पनि अगाडि बढाउँछौँ,’ शिक्षामन्त्री भट्टराईले भनिन् ।
स्वास्थ्य मन्त्रालयले सोही आधारमा सुझाव दिने आश्वासन दिएको छ । स्वास्थ्य मन्त्रालयबाट आएको राय सुझावका आधारमा शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्नेछ । अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्था भएपछि शिक्षकहरूले समेत निजामती कर्मचारी सरह उपचार खर्चमा छुट पाउने शिक्षामन्त्री भट्टराईले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण