सेयर बजार
सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो
बिहीबार, २५ पुस २०८१, १५ : ५९
काठमाडौँ । ६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।
बजार घटे पनि कारोबार रकम भने उकालो लागेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ । आइतबार २५९१ बिन्दुमा रहेको परिसूचक आज २६३५ बिन्दुमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण