दुर्घटना
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
शुक्रबार, २६ पुस २०८१, ०८ : ०३
भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् ।
जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेला परेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो ।
कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालक खड्का र यात्रु भट्ट भित्र फसेका थिए। एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए । २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
-
प्रधानमन्त्री ओली पोखरामा
-
संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट
-
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
-
मुआब्जा नै नदिई रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध