सन्दीपले उठाए अम्पायरमाथि प्रश्न
काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेले हाल जारी जय ट्रफी एलिट कपको अम्पायरिङमाथि प्रश्न उठाएका छन् । उनले नेपालका खेलहरूमा अम्पायरिङको अवस्था सुधार नभएकोमा आक्रोश व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले अम्पायरको गलत निर्णयका कारण खेलाडीहरू प्रभावित भइरहेको जिकिर गरेका छन् । यसबारे कप्तानले रेफ्रीलाई रिपोर्ट गरे पनि कुनै सुधार नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले यो भन्नुहुँदैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको छ र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नु पर्नेछ । हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौँ, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्षता र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ सम्बन्धित निकायले ध्यान दिनुहुनेछ र आवश्यक सुधारको लागि पहल गर्नुहुनेछ ।’
लामिछाने जय ट्रफीमा बागमती प्रदेशको कप्तान रहेका छन् । उनको टोलीले त्रिभुवन आर्मी क्लब र मधेस प्रदेशविरुद्ध खेलेका दुवै खेलमा बराबरी गरेको छ ।
उनी प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने खेलाडीहरू मध्ये रहेका छन् । ४ खेलमा ५७ ओभर बलिङ गर्दै उनले १२ विकेट लिएका छन् । उनको औसत २१.०० रहेको छ । उनको उत्कृष्ट बलिङ प्रदर्शन ४१ रन खर्चेर ५ विकेट लिनु हो ।
२ खेलबाट २८ अङ्क बटुल्दै बागमती हाल तालिकामा तेस्रो स्थानमा रहेको छ । अब बागमतीले शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026