'नेपाल आयल निगम १० अर्ब नाफामा छ'
शुक्रबार, २६ पुस २०८१, १२ : १४
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
'देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ,' उनले भने, '५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्यो तर प्रतिफल राम्रो भएको छ ।'
२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ ।
यसैगरी नेपालमा अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको बताए । साथै अमलेखगन्ज–चितवन र झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण