'नेपाल आयल निगम १० अर्ब नाफामा छ'
शुक्रबार, २६ पुस २०८१, १२ : १४

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
'देशको पहिलो ठुलो कारोबार गर्न सफल संस्थाको रूपमा निगम सफल भएको छ,' उनले भने, '५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्यो तर प्रतिफल राम्रो भएको छ ।'
२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ ।
यसैगरी नेपालमा अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको बताए । साथै अमलेखगन्ज–चितवन र झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल