भारतीय दूतावासमा मनाइयो विश्व हिन्दी दिवस
काठमाडौँ । नेपालस्थित भारतीय दूतावास परिसरमा विश्व हिन्दी दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना सम्पन्न गरिएको छ । कार्यक्रममा दूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएकी थिइन् ।
साथै उनले विश्व हिन्दी दिवसले हिन्दी भाषीहरूको समृद्ध भाषिक सम्पदा र सांस्कृतिक पहिचानको सम्झनाका रूपमा काम गर्ने कुरामा जोड दिएकी थिइन् । उनले हिन्दी भाषाको प्रवर्द्धनमार्फत नेपाल र भारतबीचको मित्रताको बन्धनलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने नेपाली हिन्दी प्रेमी र विद्वानहरूप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा काठमाडौँका धेरै विद्यालयका विद्यार्थीहरूले हिन्दी कविता वाचन र विभिन्न विषयवस्तुमा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारको समेत सहभागिता थियो । सो अवसरमा भारत–नेपालमैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो, जहाँ प्रतिष्ठित कविहरूले हिन्दी कविता वाचन गरी श्रोताहरूलाई मनमोहक र मन्त्रमुग्ध बनाएका थिए ।
कार्यक्रममा सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मङ्गलप्रसाद गुप्ता, भाषा आयोग अध्यक्ष डा.गोपाल ठाकुर, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति निशा शर्मालगायत उपस्थिति रहेका थिए । विश्व हिन्दी दिवसले भारतको नागपुरमा १० जनवरी १९७५ मा आयोजना गरेको पहिलो विश्व हिन्दी सम्मेलनको आधारमा विश्व हिन्दी दिवस हरेक वर्ष जनवरी १० मा मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण