स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान
राजकोट । आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय क्रिकेटर स्मृति मन्धानाले आफ्नो नाममा अर्को कीर्तिमान बनाएकी छिन् ।
मन्धनाले टोलीलाई उत्कृष्ट सुरुवात गराउदै प्रतिका रावलसँग पहिलो विकेटका लागि ७० रनको महत्त्वपूर्ण साझेदारी गरिन् । मन्धनाले २९ बलमा ४१ रनको द्रुत इनिङ्स खेलेकी थिइन् । यस इनिङ्समा भारतीय कप्तानले ६ चौका र एक छक्का प्रहार गरिन् ।
योसँगै मन्धाना महिला क्रिकेटमा भारतका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने ब्याटर बनेकी छिन् । उनले आफ्नो एकदिवसीय करियरको ९५ औँ इनिङ्समा यो कोसेढुङ्गा हासिल गरेका हुन् । मन्धनाले मिताली राजको कीर्तिमान तोडिन् । मितालीले ११२ औँ इनिङ्समा यो उपलब्धि हासिल गरेकी हुन् ।
योसँगै पुरुष क्रिकेटमा मात्र विराट कोहलीले भारतका लागि मन्धानाभन्दा ४ हजार छिटो रन पूरा गरेका छन् । विराटले ४ हजार रन पूरा गर्न ९३ इनिङ्स खेलेका थिए ।
विश्व क्रिकेटको कुरा गर्ने हो भने मेग ल्यानिङ र बेलिन्डा क्लार्कले मात्र मन्धानाभन्दा ४ हजार छिटो रन पूरा गरेका छन् । ल्यानिङले ८७ इनिङ्समा र क्लार्कले ८६ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए ।
शुक्रबार राजकोटमा भएको एकदिवसीय खेलमा भारतीय महिला क्रिकेट टोलीले आयरल्याण्डलाई पराजित गरेको छ । आयरल्याण्डको टोलीले निर्धारित ५० ओभरमा २३८ रन बनाएको थियो । उक्त लक्ष्य भारतीय टोलीले ३४.३ ओभरमा मात्रै ६ विकेटले पुरा गरेको थियो ।
भारतका लागि कप्तान स्मृति मन्धानाले ४१ रन बनाउनुबाहेक प्रतिका रावलले ८९ रन जोडिन् । त्यस्तै तेजल हसबनीसले अविजित ५३ रनको इनिङ्स खेले ।
कप्तान ग्याबी लुइसको ९२ रन को मद्दतले पाहुना टोलीले सात विकेटमा २३८ रन बनाउन सफल भएको थियो । यता भारतका तर्फबाट प्रिया मिश्राले २ विकेट लिइन् ।
खेलको उत्कृष्ट खेलाडी प्रतिका रावल चुनिइन् । योसँगै भारतीय महिला क्रिकेट टोलीले सिरिजमा १–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण