पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?

काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल)को १० औँ संस्करणको लिलामीका लागि खेलाडीहरूको सूची सार्वजनिक गरिएको छ । प्रतियोगिता सन् २०२५ को अप्रिल–मेमा आयोजना हुनेछ ।
पीएसएलको ड्राफ्टमा नेपाली खेलाडीहरू पनि समावेश गरिएका छन् । जसमध्ये प्रभावशाली खेलाडी सन्दीप लामिछानेलाई डाइमन्ड क्याटेगोरीमा राखिएको छ । यसमा अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, आयरल्याण्ड, नामिबिया, न्युजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, यूएई, यूएसए, वेस्ट इन्डिज र जिम्बाव्वेका खेलाडीहरू छन् ।
त्यसैगरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा र सोमपाल कामी ड्राफ्टमा सिल्भर क्याटेगोरीमा परेका छन् । खेलाडीहरूको लिलामी जनवरी १३ मा लाहोरमा आयोजना हुने बताइएको छ ।
प्रतियोगितामा इस्लामाबाद युनाइटेड, कराची किंग्स, लाहोर क्वाल्यान्डर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेट्टा ग्ल्याडिएटर्स रहेका छन् । सन् २०१६ देखि सुरु भएको यो प्रतियोगिता सबैभन्दा धेरै पटक इस्लामाबाद युनाइटेडले जितेको छ । टोली साबिक विजेता पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु