पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल)को १० औँ संस्करणको लिलामीका लागि खेलाडीहरूको सूची सार्वजनिक गरिएको छ । प्रतियोगिता सन् २०२५ को अप्रिल–मेमा आयोजना हुनेछ ।
पीएसएलको ड्राफ्टमा नेपाली खेलाडीहरू पनि समावेश गरिएका छन् । जसमध्ये प्रभावशाली खेलाडी सन्दीप लामिछानेलाई डाइमन्ड क्याटेगोरीमा राखिएको छ । यसमा अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, आयरल्याण्ड, नामिबिया, न्युजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, यूएई, यूएसए, वेस्ट इन्डिज र जिम्बाव्वेका खेलाडीहरू छन् ।
त्यसैगरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा र सोमपाल कामी ड्राफ्टमा सिल्भर क्याटेगोरीमा परेका छन् । खेलाडीहरूको लिलामी जनवरी १३ मा लाहोरमा आयोजना हुने बताइएको छ ।
प्रतियोगितामा इस्लामाबाद युनाइटेड, कराची किंग्स, लाहोर क्वाल्यान्डर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेट्टा ग्ल्याडिएटर्स रहेका छन् । सन् २०१६ देखि सुरु भएको यो प्रतियोगिता सबैभन्दा धेरै पटक इस्लामाबाद युनाइटेडले जितेको छ । टोली साबिक विजेता पनि हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
-
चितवन प्रहरीद्वारा सापकोटा सम्मानीत
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026