बुमराह घाइते, च्याम्पियन्स ट्रफीको समूह चरण गुमाउन सक्ने
नयाँ दिल्ली । भारतका स्टार फास्ट बलर जसप्रित बुमराह अर्को महिना हुने आईसीसी च्याम्पियन्स ट्रफीको समूह चरण खेल्न नसक्ने सम्भावना छ । इन्डियन एक्सप्रेसका अनुसार बुमराहको ढाडमा समस्या देखिएको हो ।
यसका लागि उनलाई बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा रिपोर्ट गर्न भनिएको छ। उनको रिकभरीको त्यहाँ अनुगमन गरिनेछ।
अष्ट्रेलियाविरुद्धको सिड्नी टेस्टको दोस्रो दिन बुमराहको ढाडमा हल्का समस्या देखिएपछि उनलाई स्क्यानका लागि लगिएको थियो । त्यसपछि उनले खेलमा बलिङ गर्न सकेनन् ।
आईसीसी च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट सुरु हुँदैछ । भारतले आफ्नो पहिलो खेल फेब्रुअरी २० मा बंगलादेशसँग खेल्नेछ।
मार्चको पहिलो सातासम्म पूर्णरुपमा फिट हुने आशामा भारतीय छनोटकर्ताले शनिबार मुम्बईमा इङ्ल्यान्डविरुद्धको टी–२० सिरिजका लागि उनलाई टोलीमा छनोट गरेका थिए । रिपोर्टका अनुसार यस क्रममा बुमराहको फिटनेसको बारेमा जानकारी दिइएको थियो ।
बीसीसीआई स्रोतका अनुसार बुमराह मार्चको पहिलो सातासम्म पूर्णरुपमा फिट हुने अपेक्षा गरिएको छ । यसअघि उनी तीन साता एनसीएमा बस्नेछन् । निको भइसकेपछि पनि उनले एनसीएमा एक वा दुई खेल खेल्नुपर्नेछ, चाहे त्यो अभ्यास खेल नै होस्, जुन उनको म्याच फिटनेस हेर्न खेलाइनेछ ।
बोर्डर-गावस्कर ट्रफीमा सर्वाधिक विकेट लिने खेलाडी बनेका बुमराहले अस्ट्रेलियाविरुद्ध हालै सम्पन्न बोर्डर-गावस्कर ट्रफीमा सर्वाधिक ३२ विकेट लिएका थिए। बुमराहले यस सिरिजका ५ खेलमा १५१ ओभर बलिङ गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण