काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन

काठमाडौँ । काठमाडौँबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौँबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको हो ।
विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय संजाल ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ सञ्चालनमा रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा रहने गरेका छन् ।
सोही नेटवर्कबाट आफूलाई २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएपछि विभागका सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको महर्जनले बताए ।
उनका अनुसार जनवरी ११ मा नेटवर्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हङकङ उडान भएको क्याथे प्यासिफिकको मिति जनवरी ८ गते उडानमा रहेको १० जना र जनवरी ९ गते उडानमा गएका १८ जना यात्रुहरूलाई फुड पोइजन भएको हो ।
छानबिन समितिलाई यस सम्बन्धमा अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’