पत्रकार सम्मेलन गरेर आन्दोलनमा जाने निर्माण व्यवसायीको तयारी
काठमाडौँ । सरकारले समयमा भुक्तानी नदिएको र निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरिने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि भएको साथै सरकारले समयमा भुक्तानी नदिँदा निर्माण उद्योग समस्यामा परेको अध्यक्ष सिंहको भनाई छ । राज्यले गत वर्षका कार्यक्रमको भुक्तानी चालू आर्थिक वर्षको विनियोजित बजेटबाट भएको हुँदा अब यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रूप लिन सक्ने अध्यक्ष सिंहले बताए ।
सिमेन्टको मूल्यमा प्रतिबोरा २०० रुपैयाँभन्दा बढी मूल्य बढेको उनीहरूको गुनासो छ । अहिले पीपीसी ६५० रुपैयाँ प्रतिबोरा र ओपीसी ७५० रुपैयाँ प्रतिबोरा पुगेको छ । साथै फलामे छडको प्रति किलो १५ रुपैयाँले मूल्य वृद्धि भएको छ । निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेको कारण निर्माण व्यवसायी थप मारमा परेको महासंघको गुनासो छ ।
निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषय सम्बोधन हुनुपर्ने निर्माण व्यवसायीहरूको माग छ । माग पूरा नभएसम्म व्यवसायीहरू आन्दोलनमा जाने उनीहरूले घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण