यूएईमा ‘दुई थोपा हाँसो’
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न सहरहरूमा सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नेपाली दूतावास अबुधाबीको सहयोग तथा गैर आवासीय नेपाली संघ (एनआरएनए, एनए) आयोजनामा जनवरी १० देखि १२ सम्म सिस्नोपानीले यूएईमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पहरूमै गएर हास्य व्यङ्ग्य सहितको जनचेतना कार्यक्रम गरेको हो ।
शुक्रबार (जनवरी १०) को पहिलो कार्यक्रम यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा हास्य कलाकार मनोज गजुरेलसहितको टिमले आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फामा सम्पन्न भएको थियो ।
शनिबार (जनवरी ११) को दिन शारजाहको क्लिन्को क्याम्प, सज्जा र दुबईको बलेदिया भलिबल ग्राउन्ड अलकुजमा कार्यक्रम भएको थियो । आइतबार बिहान १० बजे इभर सेन्डाई क्याम्प सोनापुर र बेलुकी ५ बजे इन्डियन सोसल सेन्टर अजमानमा पनि कार्यक्रम गरिनेछ ।
कार्यक्रममा सिस्नुपानी नेपालका चर्चित सर्जकहरू मनोज गजुरेल, टंक आचार्य, चक्र दवाडी लगायतको प्रस्तुति रहेको छ । एनआरएनए मध्यपूर्व उपसंयोजक तथा पूर्व अध्यक्ष रमेश श्रेष्ठले सन् २०१७ मा आफ्नो कार्यकालमा सुरुवात गरेको यो कार्यक्रमको निरन्तरता पाएकोमा खुसी व्यक्त गरे ।
यूएईमा सिस्नोपानीको यो तेस्रो शृङ्खला हो । कलाकार मनोज गजुरेलले नेपालको अर्थतन्त्रमा ठुलो टेवा दिने श्रमिकहरूको अनुहारमा खुसी हेर्न र खुसी छर्न आफूहरूले कार्यक्रम गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण