सिद्धार्थ बैंकले नगद लाभांश दिने
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५ /- को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/- नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले एसबीएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया ( प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रा. लि. र भोजन अर्याल (प्रतिनिधि - रिनुवल इन्भेष्टमेन्ट प्रा. लि. ) निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण