संविधान संशोधन मात्र होइन, व्यापक परिवर्तन आवश्यक छः नेकपा माले
काठमाडौँ । नेकपा मालेले सरकारी पक्षले निहित स्वार्थमा प्रेरित भएर संविधान संशोधन गर्ने चर्चा चलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त पार्टीले संविधान संशोधन मात्र नभई त्यसलाई व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । नेकपा (माले) ले संविधान जारी हुँदादेखि नै यो संविधान तात्कालिक राजनीतिक सहमतिको दस्तावेज मात्र भएको बताउँदै आएको छ ।
संविधानमा सबै पक्षका माग र विषयहरूलाई नसमेटिएको भन्दै नेकपा (माले) ले ६२ वटा असहमति संविधान सभामा दर्ज गराएको थियो । संविधान जारी भइसकेपछिको दस वर्षमा संविधानमा व्यवस्था गरिएका तर नेपाल राष्ट्र, राष्ट्रियता, शासन व्यवस्था र विविधतायुक्त नेपाली समाजको निम्ति अनुपयुक्त देखिएका संवैधानिक व्यवस्थाहरूलाई परिवर्तन गर्न आवश्यक रहेको सो पार्टीले जनाएको छ ।
‘तर, आज संविधान संशोधनको विषय उठाउँदा सत्ताधारी दलहरूको सङ्कीर्ण स्वार्थ सिद्ध गर्ने कुरा मात्र गर्नु समस्यालाई समाधान गर्नु नभएर त्यसलाई झन् बल्झाउनु मात्र हुनेछ’, महासचिव सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्तमान संविधानमा रहेका कुन कुन प्रावधानलाई हटाउने र कस्ता प्रावधानहरू अपनाउने भन्नेबारे व्यापक छलफल चलाएर निर्क्योल गर्न पनि मालेले माग गरेको छ ।
‘सत्ताधारीद्वारा नेपाली समाजका विभिन्न तह र तप्काका जनताको सत्तामा पहुँच र स्वामित्व बोध सम्बन्धी संविधानमा विद्यमान कमजोर व्यवस्थालाई समेत खोक्रो बनाउँदै भागबन्डाको दुई दलीय शासन– व्यवस्था कायम गर्ने नियतले ‘थ्रेसहोल्ड’ बढाउनको निम्ति संविधान संशोधनको कुरा गरिँदै छ । नेकपा (माले) उक्त नियत र दुष्प्रयासको घोर विरोध गर्दछ’, महासचिव मैनालीले भनेका छन् । मैनाली नेतृत्वको पार्टीले संविधान संशोधन गर्दा विभिन्न ८ वटा प्रावधान परिवर्तन गर्न सुझाव समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण