जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत (बोर्डिङ) विद्यालयका शिक्षकहरुलाई तालिम दिने भएको छ । उनीहरूको क्षमता विकास गर्दै शैक्षिक गुणस्तर सुधार गर्न महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिन लागेको हो ।
शिक्षक र विद्यार्थीहरूको सिकाइलाई केन्द्र विन्दुमा राख्दै ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत ७२० जना महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई तालिम दिन लागेको हो । यस तालिमले शिक्षकहरूको ज्ञान र सीपलाई उच्चस्तरमा पुर्याउँदै विद्यार्थीहरूको शैक्षिक नतिजा सुधारमा ठूलो योगदान दिने महानगरको अपेक्षा रहेको छ ।
शिक्षकमा लगानी गर्नु नै सम्पूर्ण विद्यार्थीहरुमा लगानी गर्नुरहेको बताउँदै महानगरले जाडो विदाको अवसर पारेर शिक्षकहरूलाई तालिम दिन लागेको हो । माघ ३ गतेदेखि ८ गतेसम्म तालिम दिइने महानगरले जनाएको छ । तालिमले शिक्षकहरूको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार ल्याउने, शैक्षिक क्रियाकलापलाई व्यवहारिक र नतिजामुखी बनाउने अपेक्षा लिएको छ ।
कक्षा १० का विषयगत शिक्षक (गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र), प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरू, कक्षा १–३ का शिक्षक (एकीकृत पाठ्यक्रम र निर्माणात्मक मूल्याङ्कन)हरू तालिममा सहभागी हुन पाउनेछन् । त्यसका लागि माघ २ गतेभित्र आवेदन दिन आह्वान गरेको छ ।
जाडो विदामा तालिम दिन लागेको भन्दै महानगरभित्रका शिक्षक संघ संगठनहरूले विरोध जनाउँदै आएका छन् । तर पनि महानगरले जाडो विदाकै समयमा शिक्षकहरूलाई तालिम जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण