एकीकृत समाजवादीका जिल्ला र प्रदेश सदस्यहरूले सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने
सोमबार, २९ पुस २०८१, १८ : २५

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीले जिल्ला र प्रदेश सदस्यहरूले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ । पुस २६ र २७ गते वीरेन्द्रनगरमा बसेको एकीकृत समाजवादी कर्णालीको बैठकले उक्त निर्णय गरेको हो ।
सोमबार बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले बैठकबाट प्रदेश कमिटीमा रिक्त रहेको उपाध्यक्ष २ जना, उपसचिव २ जनालाई सचिवालय बैठकबाट सहमतिको आधारमा छनौट गर्नेगरी १० सदस्यीय सचिवालय गठन गरिएको बताए ।
सचिवालयले मापदण्डलाई आधार बनाई प्राथमिकता अनुसार थप सचिवालय सदस्यहरूको नामावली तयार गरी अर्को बैठकमा पेस गरिने पनि उनले बताए । यस्तै कर्णाली प्रदेश सरकारले जनताका काममा उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष एकीकृत समाजवादीले निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय