संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस् : देव गुरुङ
सोमबार, २९ पुस २०८१, १९ : ५४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
महासचिव गुरुङले संसद्को हिउँदे अधिवेशन बोलाएर सदनको लोकतान्त्रिक विधिबाट कानुन निर्माण वा संशोधनको काम अगाडि बढाउन भनेका छन् ।
संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि अहिलेसम्म अधिवेशन आह्वान गरिएको छैन । संसदमा दर्जनौँ विधेयकहरू ४ महिनादेखि दराजमा थन्किएका छन् । त्यसैले अविलम्ब सदनको हिउँदे अधिवेशन आह्वान गरियोस् ।
महासचिव गुरुङले केपी शर्मा ओली नेतृत्वको कांगेस– एमाले सरकार संसद् छलेर अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्गतर्फ लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)