संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस् : देव गुरुङ
सोमबार, २९ पुस २०८१, १९ : ५४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
महासचिव गुरुङले संसद्को हिउँदे अधिवेशन बोलाएर सदनको लोकतान्त्रिक विधिबाट कानुन निर्माण वा संशोधनको काम अगाडि बढाउन भनेका छन् ।
संसद्को हिउँदे अधिवेशन बोलाउने समय भइसक्दा पनि अहिलेसम्म अधिवेशन आह्वान गरिएको छैन । संसदमा दर्जनौँ विधेयकहरू ४ महिनादेखि दराजमा थन्किएका छन् । त्यसैले अविलम्ब सदनको हिउँदे अधिवेशन आह्वान गरियोस् ।
महासचिव गुरुङले केपी शर्मा ओली नेतृत्वको कांगेस– एमाले सरकार संसद् छलेर अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्गतर्फ लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण