खिचडी खाएर मधेसी मोर्चाको गृहकार्य, बैठकमा जसपा नेपाल अनुपस्थित
काठमाडौँ । मधेसवादी दलहरू आज मधेसी मोर्चा गठनका लागि गृहकार्यमा जुटेका छन् । मकर सङ्क्रान्तिको शुभ साइत पारेर मधेसवादी दलले कार्यदलहरूको बैठक बोलाएका हुन् ।
मधेसी दलका नेताहरू खिचडी खाएर बैठकमा जुटेका छन् । मकर सङ्क्रान्तिको विशेष परिकार खिचडी, भुजाको लड्डु, तिलको लड्डुलगायत अन्य परिकार खानपिन गरेर बैठकमा बसेका हुन् ।
बैठकमा मधेसी मोर्चा गठनको बारेमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने जस्ता प्रावधान ल्याउन लागेको आशङ्कामा मधेस केन्द्रित दलहरू एकीकृत हुन लागेका हुन् ।
त्यसका लागि मोर्चा गठनको गृहकार्यमा जुटेको बताइएको छ । धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भने कोही पनि सहभागी छैनन् । बैठकमा जसपा नेपाललाई पनि बोलाएको थियो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । बैठकमा यादव नै आउने कुरा थियो तर उनी बैठकमा समाचार तयार पार्दासम्म उपस्थित भएका छैनन् ।
बैठकको संयोजन ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले गरेको छ । सो पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक डा. शिवजी यादवले जसपा नेपालका उपाध्यक्ष यादवसँग कुरा हुँदा उनले बैठकमा आउने जवाफ दिएको रातोपाटीलाई बताए । आफूहरू यादवको प्रतीक्षामा रहेको उनले बताए ।
जसपा, लोसपा, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू बैठकमा उपस्थित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण