जय ट्रफी क्रिकेट
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
मङ्गलबार, ०१ माघ २०८१, १६ : २९

वीरगन्ज । जय ट्रफी पुरुष एलिट कप क्रिकेट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा टोलीले १७ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाउन सफल भएको हो ।
खराब मौसमका कारण खेल ढिला गरी सुरु भएको थियो । टोलीले पहिलो बलमा नै ओपनर दिलीप नाथलाई गुमाएको थियो । उनी सोमपाल कामीको शिकार बने । त्यसपछि कुशल भुर्तेल र अमित श्रेष्ठले टोलीको इनिङ्स सम्हाले ।
भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ५० रन जोडे । यस क्रममा उनले ६ चौका हिर्काए ।
अमित श्रेष्ठ ३९ बलमा २० रन जोड्दै पभेलियन फर्किए । उनले २ चौका हिर्काए । भुर्तेलसँगै अर्जुन साउन शून्य रनमा नटआउट रहेका छन् ।
त्रिभुवन आर्मी क्लबका लागि सोमपाल कामीसँगै शहाब आलमसँगै १–१ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएकोमा शक्ति बस्नेतको आपत्ति
-
अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे
-
रुसी सदनमा १६औँ बाल नाटक महोत्सव, नाटक हेर्न विद्यार्थीको भिड
-
कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री
-
जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती
-
नेपाल-क्यानडा सम्बन्धको ६० औँ वर्षगाँठ, दिगो विकासमा सहयोग विस्तार गर्ने घोषणा