जय ट्रफी क्रिकेट
ढिला गरी सुरु भएको जय ट्रफी फाइनलमा भुर्तेलको अर्धशतक
मङ्गलबार, ०१ माघ २०८१, १६ : २९
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कप क्रिकेट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा टोलीले १७ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाउन सफल भएको हो ।
खराब मौसमका कारण खेल ढिला गरी सुरु भएको थियो । टोलीले पहिलो बलमा नै ओपनर दिलीप नाथलाई गुमाएको थियो । उनी सोमपाल कामीको शिकार बने । त्यसपछि कुशल भुर्तेल र अमित श्रेष्ठले टोलीको इनिङ्स सम्हाले ।
भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ५० रन जोडे । यस क्रममा उनले ६ चौका हिर्काए ।
अमित श्रेष्ठ ३९ बलमा २० रन जोड्दै पभेलियन फर्किए । उनले २ चौका हिर्काए । भुर्तेलसँगै अर्जुन साउन शून्य रनमा नटआउट रहेका छन् ।
त्रिभुवन आर्मी क्लबका लागि सोमपाल कामीसँगै शहाब आलमसँगै १–१ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण