६ वर्षपछि कमब्याक गर्दै छन् निल नितिन मुकेश
बुधबार, ०२ माघ २०८१, ०९ : १०
नयाँ दिल्ली । बलिउड अभिनेता नील नितिन मुकेश २०१९ यता फिल्मको पर्दामा देखिएका छैनन् । दक्षिण भारतीय अभिनेता प्रभासको ‘साहो’पछि उनी फिल्मबाट टाढै थिए । तर अब भने उनी छिटै फिल्ममा पुनरागमन गर्दै छन् । ‘हिसाब बराबर’ नामक फिल्ममार्फत उनले बलिउडमा पुनरागमन गर्दै छन् । यस फिल्ममा नीलका अलावा आर। माधवन पनि छन् ।
फिल्मको ओटीटी प्रिमियर जनवरी २४ मा जी५ मा हुनेछ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ । यो फिल्मलाई अश्विनी धीरले निर्देशन गरेकी हुन्।
फिल्ममा नील स्क्यामरको भूमिकामा देखिनेछन् । नील चर्चित भारतीय पाश्र्व गायक नितिन मुकेशको छोरा र गायक मुकेशका नाती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण