कविता
भूकम्प दिवस
बुधबार, ०२ माघ २०८१, १० : ३६

यो माघ बाघसरिको, किन हुन्छ यस्तो
भूकम्पको डर हुँदा , कमजोर जस्तो
साँच्चै छ त्रास अहिले, पनि यो धरामा
भूकम्पले त्रसित छन्, जन यो पलामा ।
भूकम्पको दिवस यो, मनमा बसेको
कालो छ माघ महिना, छ दुई गतेको
धेरै मरे मनुज ध्वस्त भए पँधेरो
कालो भयो दिन सबै,अति भो अँधेरो ।
धेरै मरे मुलुकमा, घरले थिचेर
बच्चा अनाथ बनिए, ममता छिनेर
सम्झेर आज मनले, कविता बनाएँ
भूकम्पको दिवसमा, यति लेख्न भ्याएँ ।
वैशाख बाह्र मनमा, छ सधैँ बसेको
धेरै मरे भुवनमा, छु अझै बचेको
ढल्दै गयो धरहरा, मन यो रुवायो
चल्दै गएर अभियान पुरा उठायो ।
वैशाख, माघ महिना, अब आउँदामा
सोच्दै छु आज मनले, दुख पाउँदामा
भूकम्पमा जति मरे, सब साथमा यो
श्रद्धाञ्जली छ जनमा, समवेदना यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न एकीकृत समाजवादीको माग
-
विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै