जय ट्रफी क्रिकेट
जय ट्रफी क्रिकेट : आलमको ७ विकेट, पुलिसद्वारा इनिङ्स समाप्तिको घोषणा
बुधबार, ०२ माघ २०८१, १० : ४४
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ । वीरगन्जमा जारी खेलमा टोलीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको हो ।
टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ५६ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, अर्जुन साउदले ७८ बलमा २८ रन बनाए । उनले ४ चौका हिर्काए ।
अमित श्रेष्ठले ३९ बलमा २० रन जोडे । रसिद खानले २० बलमा १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सहाब आलमले घातक बलिङ गर्दै ७ विकेट लिए । उनले १२.४ ओभरमा ३ मेडनसहित ३७ रन मात्र खर्चिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण