दक्षिण कोरियामा पक्राउ पर्ने पहिलो राष्ट्रपति बने येओल
सोल । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति यून सुक येओललाई पक्राउ गरिएको छ । हप्तौँदेखि अनुसन्धानकर्ता र उनका सुरक्षाकर्मीहरूबिच घम्साघम्सीपछि अन्ततः अनुसन्धानकर्ताहरूले बुधवार बिहान युओललाई गिरफ्तार गरेका छन् ।
दक्षिण कोरियामा पक्राउ पर्ने येओल पहिलो सत्तासीन राष्ट्रपति हुन् । गएको महिनाको सुरुतिर मार्सल ल लगाउने येओलको प्रयास विपक्षी दलहरूले केही घण्टामै विफल तुल्याएपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा फसेको छ । यसपछि विपक्षी दलले येओलमाथि महाभियोग प्रस्ताव पारित गरेका थिए ।
उनीमाथि अहिले देशद्रोहको अभियोगमा छानबिन भइरहेको छ । संवैधानिक अदालतले उनीमाथिको महाभियोग वैध छ भनेर निर्णय नगर्दासम्म येओल प्राविधिक रूपमा दक्षिण कोरियाका राष्ट्रपति नै हुन् । भर्याङ् चढेर अनुसन्धानकर्ताहरू येओलको निवासभित्र छिरेका थिए । महाभियोगबारे सोधपुछका लागि पटक पटक बोलाउँदा पनि येओल उपस्थित भएका थिएनन् । संवैधानिक अदालतमा जनवरी १४ मा भएको पहिलो सुनुवाइमा पनि उनी उपस्थित थिएनन् । त्यसपछि उनको नाममा बुधवार बिहान नयाँ पक्राउ पुर्जी जारी गरिएको थियो ।
येओललाई समात्न हजारभन्दा धेरै प्रहरीकर्मीलाई तैनाथ गरिएको थियो । अदालतमा उपस्थित नभएपछि येओल पक्राउ पर्ने आशङ्का बढेको थियो । यस्तोमा उनको निवासबाहिर हजारौँ समर्थक राति देखि नै भेला हुन थालेका थिए । प्रहरीलाई सत्ताधारी दmका सांसद र येओलका वकिलहरूले पनि रोक्ने प्रयास गरेका थिए । तर यसपटक प्रहरी उनलाई समात्ने प्रयासमा सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण